काठमाडौं । विदेशिएका युवामध्ये दैनिक तीनवटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेको तथ्याकं पाइएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवलायका अनुसार पछिल्लो तीन वर्षमा तीन हजार १९९ जना नेपाली श्रमिकको गन्तव्य देशमा मृत्यु भएको छ । यो सङ्ख्या बोर्डको सचिवालयमा क्षतिपूर्ति प्राप्त गर्नेको मात्रै हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले रोजगारीमा गएकामध्ये दैनिक तीनवटा शव बाकसमा आउनु सामान्य विषय नभएको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन–२०२२’ का अनुसार आव २०७६/७७ मा ६५८ श्रमिकले ज्यान गुमाएकामा आव २०७७/७८ मा एक हजार ११८ जनाले ज्यान गुमाएका छन् । यस्तै यो सङ्ख्या बढेर आव २०७८/७९ मा एक हजार ३९५ पुगेको छ ।