April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

मन्त्री किरातीले यात्रुलाई तत्काल न्याय दिन दिए निर्देशन, यात्रुले भने-‘छुटेको लगेज फेला पर्‍यो’

1.8K

काठमाडौं । नेपाल वायु सेवा निगमले कोरियाबाट नेपाल फर्किने क्रममा एक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो लगेज हराएको भन्दै गरेको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक संजाल फेसबुकमा एक जना यात्रु छवीलाल भण्डारी (दामु दाई) कोरियाबाट आउँदा सामान हराएको र २ वटा मोवाइल ल्याएवापत भंसार तिर्नुपरेको गुनासो प्रति निगमको ध्यानाकर्षण भएको जनाको हो ।

निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त गुनासोप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पनि गम्भीर चासो भएको बताएको छ । मन्त्री किरातीले यात्रुलाई तत्काल न्याय दिन निर्देशन पनि दिएको विज्ञप्तिमा उल्लेख छ ।

निगमले अनुसन्धानको क्रममा यात्रुले भने जसरी एयरलाइन्ससँग रिपोर्ट नगरेको पाइएको बताएको छ । ‘नेपाल वायुसेवा निगमले आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्स (KE695) बाट मिति २०८०/०३/१५ मा यात्रा गरेको तर ब्यागेज हराएको सम्वन्धमा नियमानुसार ब्यागेज क्लेम डेस्क तथा सम्बन्धित एयरलाइन्ससँग दावी / रिपोर्ट नगरेको पाइएको छ ।’, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

मोवाइल ल्याएवापत भंसार तिर्नुपरेको गुनासोको सम्बन्धमा भने उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्र अन्तर्गत नपर्ने, अर्थ मन्त्रालयको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भंसार कार्यालय अन्तर्गत पर्ने बताएको छ ।

भन्सार कार्यलयले भने कानून बमोजिम भन्सार लागेको बताएको छ । उनले ४ वटा फोन बोकेको, जसमध्ये सरकारले दिएका सुविधा अनुसार २ वटा फोनमा भन्सार छुट पाएको र २ वटा फोनमा कानून बमोजिम भन्सार लागेको बताएको छ ।
भन्सार कार्यलयका अनुसार यात्रु भण्डारीले बोकेको २ वटा फोनको शनिबारको भन्सार मूल्याङ्‍कन २ लाख ३६ हजार ८३६ रुपैयाँ हो । जसमा १३ प्रतिशत भ्याट र ८ प्रतिशत भन्सार महसुल लगाउँदा कुल भन्सार विन्दुमा तिर्ने महसुल ४४ हजार १६९ रुपैयाँ भएको हो ।

विमानस्थल भन्सारकाअनुसार भण्डारीले ल्याएको मध्ये एउटा फोन आइफोन १४ र अर्को आइफोन १२ हो । यस्तै उनले सहुलियतमा एउटा सामसङको नयाँ सिल नफोडिएको र अर्को एक पुरानो मोडलको आइफोन ल्याएका थिए । जसमा आइफोन १४ को १ लाख ८० हजार र अर्को आइफोन १२ को मूल्य ५६ हजार ८२६ रुपैयाँ मूल्याङ्‍कन गरिएको जनाइएको छ।जसको कुल मूल्याङ्‍कन रकम २ लाख ३६ हजार ८२६ रुपैयाँमा ५ प्रतिशत भन्सार महसुल बापत ११ हजार ८४२ रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट १३ प्रतिशत) बापत ३२ हजार ३२७ रुपैयाँ गरी ४४ हजार १६९ रुपैयाँ कर लागेको र ५ सय ६५ रुपैयाँ सेवा शुल्क लागेको भन्सार कार्यलयले जनाएको छ ।

यात्रु भण्डारीले कोरिया बसेर दुई चार पैसा कमाएर फर्किएको युवाले बोकेको २ वटा फोनमा ४४ हजार १६९ रुपैयाँ कर लिएको भन्दै सामाजिक संजालमा गुनासो राखेपछि उक्त पोष्ट भाइरल भएको थियो ।

छुटेको लगेज भने सम्पर्कमा आएको यात्रु भण्डारीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । ‘म ३० तारिख कोरियन एयरबाट नेपाल आउदैँ गर्दा एयर्पोटमा मोबाईल चेकिङ् गर्ने क्रममा सगैँ चेकिङमा परेको जापानबाट कोरिया हुँदै नेपाल आएका साथिको लगेजमा पर्न गएको रहेछ । मलाई सामान कहाँ र कसरी छुट्यो भन्ने कुरा क्लियर गर्नको लागि म हिजो बिहान ७ बजे एयर्पोट पुगेको र मैले २ ओटा मोबाइलवापत ४४७३४ तिरेर सिसिटिभी हेर्न माग गर्दा सिसिटिभी फुटेज नदेखाएको र राम्रोसँग मेरो कुरालाई वास्ता नगरेपछि म घर फर्केर स्टाटस सेयर गरेको हुँ।’, उनले सामाजिक संजालमा लेखेक छन् ।