April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

अब विदेशबाट नेपाल आउनेले खोप कार्ड देखाए पुग्ने

२०७८ फाल्गुन २६

4.8K

काठमाडौं । अध्यागमन विभागले आज सूचना जारी गरी यसअघिको सूचनाहरु खारेज गरिएको जनाएको छ । अब हवाई वा स्थल मार्गबाट विदेशबाट नेपाल आउनेले खोप कार्ड देखाए पुग्ने भएको छ ।

साथै कुनैपनि यात्रीले कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रमाणपत्र देखाउन नसके मात्र पीसीआर रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

विभागका निर्देशक मुकेश कुमार केशरीद्वारा जारी सूचनामा पीसीआर नेगेटिभ रिपोर्ट पूर्ण खोपकार्ड नभएकाको हकमा मात्र आवश्यक पर्ने उल्लेख छ । त्यस्तो रिपोर्ट ७२ घन्टाभित्रको हुनुपर्ने छ ।

Advertisement

यसअघि नेपाल प्रवेश गर्ने यात्रुका लागि खोपकार्ड र पीसीआर रिपोर्ट दुवै अनिवार्य थियो ।