April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गोकर्णेश्वरको चक्र स्मृति पाठशालाले शुरु गर्यो जिरोःशुल्कमा पठनपाठन

2K

काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्रलाई निशुल्क गर्ने सरकारी प्रतिबद्धता कायान्वयन हुन नसकिरहेका बेला गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयले जिरोःशुल्कमा पठनपाठन शुरु गरेको छ । काठमाडौंको गोकर्णेश्वर–८ स्थित बेशिगाउँमा रहेको चक्र स्मृति पाठशालाले निशुल्क शिक्षा सुरु गरेर राज्यलाई व्यङ्य प्रहार समेत गरेको छ ।

२०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका समाजसेवी एवम सांसद चक्रबहादुर ठकुरीको स्मृतीमा स्थापना भएको उक्त विद्यालयले यही नयाँ शैक्षिक सत्रदेखि जिरोःशुल्कमा पठनपाठन शुरु गर्ने विद्यालयका संस्थापक एवम अध्यक्ष राजु सुनारले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।

‘निशुल्क स्वास्थ्य र शिक्षा भए मात्र समृद्धी हासिल हुने भएकाले २१औं शताब्दीको लोकतन्त्रको अनुभुति गराउन हामीले नमूनाका रुपमा यस्तो अभियान शुरु गरेका हौं । यो शैक्षिक क्रान्ती हो र सरकारलाई व्यङ्य पनि हो । सरकारले गर्ने काम हामी गरिरहेका छौं,’ उनले भने,‘विद्यालय शिक्षा बाहिर रहेका बालबालिकालाई हामी शिक्षा प्रदान गर्छौं । अभियानमा सयौं मनकारीहरु जोडिनुभएको छ । हामी सफल हुनेछौं र नयाँ सन्देश प्रवाह गर्नेछौं ।’

Advertisement

विद्यालयकी संचालक समिति अध्यक्ष भवानी खनालले महंगा विद्यालय पढ्ने हैसियत नभएका र विद्यालय शिक्षाबाट बाहिर रहेको बालवालिकालाई जिरोःशुल्कमा पठनपाठन शुरु गरेको जानकारी दिइन । संस्थापक रुपक कुमार भण्डारी, दुर्गा खनाल, दुर्गा अर्यालले राज्यले नगरेको काम आफूहरुले उदाहरणका रुपमा शुरु गरेको जानकारी दिए । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवम वडाध्यक्ष नारायण बाबु सुवेदीले अभियानको प्रशंसा गर्दै नगरपालिकाकोतर्फबाट शक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।