April 21, 2026, Tuesday
२०८३ बैशाख ८
1:37:26 pm

ब्राउनसुगरसहित एक भारतीय पक्राउ, दुई राउन्ड हवाइ फायरिङ

25

विराटनगर । प्रहरीले हवाई फायरिङ गरी एक भारतीयलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। सोमबार रतुवामाई नगरपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार एक जना युवकलाई पाँचपोका (ब्राउन सुगर) सहित प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल प्रवेश गर्ने क्रममा इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायरिङ गरेको जनाएको छ।

Advertisement

पक्राउ परेका व्यक्तिको पहिचान तथा मोटरसाइकलको विस्तृत विवरण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।