काठमाडौं । प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । जेन-जी आन्दोलनको क्रममा कालिमाटी प्रहरी वृत्तमा आगजनी तथा तोडफोड गरेको आरोपमा काठमाडौं बस्ने सचिन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
भदौ २४ गते जेन-जीहरूले गरेको प्रदर्शनमा काठमाडौंका अधिकांस प्रहरी वृत्तमा आगजनी तथा तोडफोड भएका छन्।
अहिले ती प्रहरी वृत्तमा मुद्दाको कारबाही अघि बढाएको छैन। यद्यपि प्रहरी परिसरबाटै अनुसन्धान अघि बढाइएको छ।
ललितपुरमा पनि भदौ २४ गतेको घटनामा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको छ।




