November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रहरीको एसएलआर राइफल लुटने २ जना पक्राउ

545

काठमाडौं । जेन–जी प्रदर्शनको क्रममा प्रहरीको एसएरआर राइफल लुट्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ ७ बजे जनकपुरमा रहेको प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालय भित्र प्रवेश गरेर चारपांग्रे गाडी चार थान, मोटरसाइकल चार थान, सीसीटीभी क्यामरा र कार्यालयमा तोडफोड गर्दै आगजनी गर्नेमध्ये जनकपुर–९ का ३७ वर्षका मनिषकुमार अधिकारी र वर्ष २१ का सन्तोषकुमार यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनीहरूले कार्यालयमा सुरक्षार्थ खटिएको नेपाल प्रहरीसँग रहेको एसएलआर राइफल एक थान, गोली राउन्ड ५० समेत लुटपाट गरी लगेकोमा अनुसन्धानको क्रममा बिभिन्न स्थानको फुटेजको विश्लेषण गरी खोजतलास गर्दा अधिकारी र यादव पक्राउ परेका हुन् ।

Advertisement

उनीहरुको साथबाट एसएलआर राइफल फेला परेको र अन्य लुटपाटको मामिलामा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।