May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

मिक्लाजुङमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने नरोध्वज कुरुम्बाङ पक्राउ

715

पाँचथर । जिल्लाको मिक्लाजुङ गाँउपालिका-३ आरुबोटेमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरि फरार रहेका तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ पक्राउ परेका छन् ।

हाङ्गुमको पखरे टोलमा शनिबार विहान पक्राउ गरिएको प्रहरी इस्पेक्टर दिवक कुँवरले जानकारी दिए । बाटोमा हिड्दै गरेको अवस्थामा शनिवार विहान ७ः४० बजेको समयमा पक्राउ परेका हुन् ।

उनलाई खोजी गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

Advertisement

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासु र छिमेकीलाई गम्भिर घाईते बनाएर फरार भएका थिए ।

ससुराली घरमा खुकुरी प्रहारबाट उनकी श्रीमती गोमा फियाकको मृत्यु भएको थियो भने सासु कान्छीमाया फियाक र छिमेकी मेहन्द्र श्रेष्ठ घाईते भएका थिए ।