November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आफ्नै सहकर्मीको हत्या गरी मलेसियाबाट भागेका युवक त्रिवि विमानस्थलबाट पक्राउ

2K

क्वालालम्पुर । मलेसियामा आफ्नै सहकर्मी एक नेपाली कामदारको हत्या गरेपछि काठमाडौँ फर्केका एक नेपाली युवक पक्राउ परेका छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका-५ घर भएका २४ वर्षीय अनिल कुमार साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

रोजगारीको सिलसिलामा मलेसिया रहेका साहले मंसिर २५ मा झापाको शिवसताक्षी नगरपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेको आरोप छ । प्रधान र आरोपी एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा कार्यरत थिए ।

मृतक प्रधानकी श्रीमतीले प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। साहले आफ्नो हुलिया परिवर्तन गरी नेपाल फर्किएको भन्ने सूचना प्रहरीले पाएको र सोही सूचनाको आधारमा खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको सूचनाको आधारमा आरोपी पक्राउ परेका हुन् ।

साहमाथि मुलुकी अपराध संहिताले दिएको बहुक्षेत्रीय अधिकार प्रयोग गरेर प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरी हत्याको अनुसन्धान थालेको छ ।

आरोपीलाई जिल्ला अदालत काठमाडौँले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समन्वय गरी थप अनुसन्धान अघि बढाएको छ।