काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा एकजना बेल्जियम नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङ रहेका छन् ।
उनलाई राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति पक्राउ गरेको हो । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् । उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए ।
विभाग स्रोतका अनुसार पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको हो ।