April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बरामद गरिएको सुन परीक्षणका लागि टक्सार महाशाखा पुर्‍याइयो

2.9K

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन परीक्षणका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पु¥याइएको छ । ८ वटा पोकामा १६० ढिक्का सुन नापजाँचका लागि बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट बबरमहलस्थित टक्सार महाशाखामा पु¥याइएको हो ।

उक्त सुन राजश्व अनुसन्धान कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलले उक्त महाशाखामा पु¥याएका हुन् ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो । क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल÷ स्कुटरको ब्रेक शु भित्र सुन राखेर भित्र्याएको पाइएको हो । सुन अन्दाजी ८० देखि १०० किलो हुनसक्ने अनुमान छ ।

Advertisement

उक्त प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।