March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

‘आज राति ठूलो क्राइम गर्छु, त्यसपछि म मर्छुु’ भन्दै प्रहरीलाई फोन गर्ने व्यक्ति पक्राउ

4.8K

काठमाडौं– मंगलबार दिउँसो ४ बजेतिर प्रहरी कन्ट्रोल १०० मा फोन गर्दै एक व्यक्तिले भने, ‘आज राति म ठूलो क्राइम गर्छु र त्यसपछि म आफैं मर्छु।’

यति भनेपछि ती व्यक्तिले फोन राखे। अपराध गर्ने र मर्ने भन्दै धम्कीस्वरुप अग्रिम फोन आएपछि प्रहरीको टोलीले ती व्यक्तिको पहिचान गर्नेतर्फ लाग्याे।

अपराध गर्छु र आफू पनि मर्छु भन्ने ती व्यक्तिलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीलाई यसरी फोन गर्ने व्यक्ति हुन् ललितपुरको महालक्ष्मी नगरपालिका–४  कमलपोखरी बस्ने ३८ वर्षीय रामकुमार श्रेष्ठ । 

उनले किन यसो भन्दै प्रहरीलाई फोन गरे भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।