११ वर्षपछि समातिए डिलबहादुरका हत्यारा
काठमाडौं–आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई घटनाको ११ वर्षपछि शुक्रबार पक्राउ गरेको छ। ललितपुर गोदावरी नगरपालिका–१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भीमफेदी नगरपालिका–८ घर भएका ३६ वर्षीय डिलबहादुर योञ्जनको हत्या अभियोगमा मकवानपुर भीमफेदी ननगरपालिका–८ का ५१ वर्षीय भीमसेन घागा मगर र सोही ठाउँका ३० वर्षीय रामकृष्ण चुनी मगर पक्राउ परेका हुन्। उनीहरुले...