April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

खोलाको जग्गा कम्पनीको नाममा दर्ता, अख्तियारले बोलायो अनुसन्धानका लागि ३५ जनालाई

२०७७ कार्तिक २७

3.9K

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोलाको जग्गा कम्पनीको नाममा घुसाई दर्ता गरेको भन्दै सात दिन भित्र अख्तियारमा  हाजिर हुन सात दिने सूचना जारी गरेको छ। 

ललितपुर साबिकको हरिसिद्धि र धापाखेल गाबिसको सिमामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा धुसाई दर्ता गरेको बारेमा बुझ्नु पर्ने भन्दै अख्तियारले एपेक्स कलेज प्रालिसहित ३५ जनालाई सात दिन भित्र हाजिर हुन भनेको हो। 

ललितपुरको हात्तिवनस्थित सिलौटेमा पर्ने कर्मनासा खोलाको ७ रोपनी जमिन भूमाफियाको कब्जामा परेको भन्दै अख्तियारमा उजुरी परेको थियो । त्यसैको बारेमा सोधपुछका लागि अख्तियारले बोलाएको हो। 

Advertisement


हेर्नुहोस् को को परे