April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

रौतहटमा एक युवतीको गोली हानी हत्या

२०७७ कार्तिक २७

2.4K

रौतहट- रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ ।

माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान भएको छैन ।

Advertisement

अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौकामा राति ११ बजेतिर हतियारधारी समूह घरमै पसेर कन्चटमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताएका छन् ।