April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु , सात घाइते

२०७७ कार्तिक २८

3.6K

गुल्मी –  जीप दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

गुल्मीमा  जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं २ फाक्सिङमा मजुवाबाट हटिया तर्फ जाँदै गरेको लु १ च ४७११ नं को जीप  गएराति ११ बजे दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका वडा नं २ का २४ वर्षका  जीप चालक  मेखबहादुर गाहाको  सोभा सारथी क्लिनीक मजुवामा उपचारको क्रममा राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

यस्तै दुर्घटनामा सोही वडाका २८ बर्षका घनबहादुर गाहा , २३ वर्षका  प्रेमबहादुर पल्ली , ३५ वर्षका श्री रास्कोटीको अवस्था  गम्भीर रहेको र उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जनाकारी दिए।

Advertisement

यस्तै १६ वर्षका अलिस पाल्पालीको  पनि टाउकोमा चोट लागेकाले पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। २३ वर्षका सोनु गाहा र महेन्द्र थापा र भिमबहादुर गाहा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।