April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

ढोरपाटनबाट लागुऔषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ

3.3K

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीले ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २  सय ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको हो।

विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनीहरुलाई लागुऔषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको उनले बताए।

पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर पुन र सोही ठाउँका ४१ वर्षीय डम्बरबहादुर पुन रहेका छन्।

Advertisement

जितबहादुरको घरबाट गाजाँको धुलो र डम्बरबहादुरको घरबाट चरेसजस्तो देखिने पदार्थ, केही गाजाँको धुलो र एक नाले भरुवा बन्दुक बरामद गरिएको हो।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनीहरुलाई लागुऔषध तथा हातहतियारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।