ललिता निवास प्रकण: सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन
काठमाडौं । ललिता निवास प्रकणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । सीआइबीले जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहित साढे २...