April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको छ: अर्थमन्त्री महत

1.7K

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको बताए ।  सोमबार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ मा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउदै त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्ने बताएका हुन् ।

मन्त्री महतले विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने दाबी फरे । उनले भने, ‘लगानी बिस्तारै बढ्दैछ । जग्गा कारोबार बिस्तरै बढ्दैछ । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ ।’

अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने पनि उनले बताए ।

Advertisement