June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

नेप्सेमा झिनो सुधार

1.2K

काठमाडौं । नेप्सेमा झिनो सुधार देखिएको छ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार झिनो सुधार देखिएको हो ।

तीन दिनमा गरेर करिब ६८ अंकले घटेको नेप्सेमा केही खरिद माग बढेकाले बुधबार बजारमा सामान्य सुधार देखिएको हो ।

बुधबार ५.१६ अंकले बढेपछि नेप्से परिसूचक १ हजार ८ सय ९४.७६ अंकमा बन्द भएको छ ।

Advertisement

गत आइतबार करिब साढे ३६ अंक, सोमबार साढे १२ अंक र मंगलबार करिब १९ अंकले नेप्से घटेको थियो । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार देखि मंगलबारससम्म नेप्सेमा गिरावट आएको थियो ।