April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनको मूल्यमा सामान्य वृद्धि

3K

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोल ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

Advertisement

यस्तै तेजावी सुन आज तोलामा ८०० रूपैयाँले वृद्धि भइ ९२ हजार ६५० रुपैयाँ कायम भएको छ ।

दुई दिन स्थिर रहेको चाँदीको मूल्य पनि आज भने बढेको छ । आज ३० रूपैयाँले बढ्दै चाँदी प्रतितोला १ हजार २३० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।