July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

भन्सारसँग सम्बन्धित सबै निकायमा सिंगल विन्डो प्रणाली कार्यान्वयन गरिने

काठमाडौं- भन्सार समन्वय समितिको बैठकले नेपालले सिंगल विन्डो प्रणाली तत्काल लागू गरी अघि बढ्ने निर्णय गरेको छ। सोमबार भन्सार विभागका महानिर्देशक सुमन दाहालको अध्यक्षतामा भएको बैठकले सिंगल विन्डो प्रणाली लागू गरेर अघि बढ्ने निर्णय गरेको हो।

भन्सार जाँचपास प्रक्रिया र वैदेशिक व्यापारसँग प्रत्यक्ष रुपमा जोडिने विभिन्न सरोकारवाला निकाय तथा आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग छलफल भएको थियो।

भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउने, अन्तरनिकाय समन्वय र सूचना आदानप्रदान सहज बनाउने र वैदेशिक व्यापार सहजीकरणमा सबै निकाय मिलेर अघि बढ्ने विषय केन्द्रमा राखेर छलफल गरिएको दाहालले जानकारी दिए। 

Advertisement