बेलायतमा चलचित्र ‘डिग्री माइला’ प्रदर्शन हुने
लण्डन । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’ बेलायतमा प्रदर्शन हुने भएको छ । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर चलचित्रको बेलायत प्रदर्शन गर्न लागिएको हो । केटुएस, जीनाइन इन्टरटेनमेन्ट र दास इन्टरटेनमेन्टको संयुक्त आयोजनामा बेलायतका अल्डरसट, आशफोर्ड, स्वीण्डन, रेडिङ, मेडिस्टोन, हेजलगायत एक दर्जन बढी स्थानमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।...