January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

रोयल जियोग्राफिकल सोसाइटीमा पुग्यो याक्थुङ सँस्कृति

1.5K

लन्डन । नेपालका पूर्वी आदिवासी याक्थुङ समुदायको सँस्कृति बेलायतको प्रतिष्ठित रोयल जियोग्राफिकल सोसाइटीसमक्ष पुगेको छ । सोसाइटीको सेन्ट्रल लन्डनस्थित सङ्ग्रहालयको भवनमा याक्थुङ लिम्बु समुदायका विविध सँस्कृतिहरू प्रदर्शन भएका छन् ।

गत मे ३१ तारिखका दिन ’इन्डिजिनाइजिङ दि हिमालयज’ कार्यक्रमअन्तर्गत भएको एक दिने कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेको आसफोर्ड शाखाको साँस्कृतिक टोलीले याक्थुङ समुदायको विभिन्न साँस्कृतिक पक्षहरू झल्काउने प्रस्तुति दिएको थियोे ।

ब्रिटिस एकेडेमीको आर्थिक सहायता र ब्रुनेल युनिभर्सिटी लन्डनको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कियाचु यूके आसफोर्डका अतिरिक्त किरात राई यायोक्खा आसफोर्ड शाखा र विश्व नेवाः सङ्घ यूकेसँग सहकार्य गरेर कार्यक्रम गरिएको हो । एकेडेमीले सेप इन्भल्भ एन्ड इन्गेज्ड ग्रान्ट परियोजना अन्तर्गत भएको कार्यक्रमलाई ब्रुनेल युनिभर्सिटीको सोसियोलोजी अफ रेसकी लेक्चरर डा. रोहिनी राईले नेतृत्व गरेकी छिन् ।

Advertisement

लन्डनमा भएको कार्यक्रमले याक्थुङ समुदायको सँस्कृतिलाई करिब सय बढी अनुसन्धाताहरू समक्ष पु¥याएको कियाचु यूकेका केन्द्रीय सदस्य एवम् आसफोर्ड शाखा सल्लाहकार टङ्क येङ्देनले भने । ’नेपालका आदिवासी समुदायका रूपमा रहेको याक्थुङ लिम्बु जातिको सँस्कार, सँस्कृति र पहिचानबारे प्रस्तुति देखाउने अवसर मिल्यो । जसलाई अनुसन्धानमा लागेका देशी विदेशी शोधकर्ताहरूले हेरे,’ उनले भने, ’समुदायको पहिचान अन्तर्राष्ट्रियकरण सघाउ पनि पुगेको छ ।’

त्यस्तै, कियाचु यूके आसफोर्ड शाखाका साँस्कृतिक विभाग प्रमुख शिखर सम्बाहाङ्फेले युवाहरूको सहभागितामा समुदायको मौलिक सँस्कृतिहरूलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको सुनाए । ’हामीले लन्डनमा गएर प्रस्तुति दिन पाउँदा गौरवको अनुभूति भएको छ । केही सिक्ने र सिकाउने मौका मिल्यो । एक अर्काको सँस्कृतिलाई नियाल्न पनि पायौं । हाम्रो विविधता साँच्चै सुन्दर र विशिष्ट छ,’ सम्बाहाङ्फेले भने ।

प्रस्तुतिका क्रममा याक्थुङ समुदायको केःलाङ(च्याब्रुङ नाच), या?लाङ(धान नाच) र हेना मःमा(अतिथि सत्कार) बारे नृत्य र सँस्कार देखाइएको थियोे । जसमा गोकुल लिवाङ, शिखर सम्बाहाङ्फे, सिक्कुम हुक्पा चोङवाङ र सुमिक् हुक्पा चोङ्वाङ थिए । नृत्यका क्रममा शिशिर सम्बाहाङ्फे र सुमिक हुक्पा चोङवाङले अङ्ग्रेजीमा अनुवाद गरेर प्रष्ट्याए ।

त्यस्तै, टङ्क येङ्देनले याक्थुङ समुदायको सँस्कृतिका संवाहक मानिने येबा, साम्बाको पहिरनसहितको नृत्य र थुक्मा (आध्यात्मिक रूपमा ग्रहण गर्नु) हुँदाको समय झल्काउने प्रस्तुति दिए । याक्थुङ समुदायको साँस्कृतिक अनुष्ठानहरू फेदाङ्मा, साम्बा, येबा÷येमा, तुम्यहाङहरूले गर्ने गर्दछन् ।

त्यसैगरी, गायक धनवीर साँवा र गायिका माक्सती ओख्राबुहरूले तरेबा(पाहुना)को प्रस्तुति दिँदै हाक्पारे, पाःलाम गाए । जसमा ज्ञानु फुरुम्वोले पनि साथ दिँदै याक्थुङ भाषामा त्यसबारे प्रष्ट पारे । मासम साँवाले नव युवाको रूपमा उपस्थिति जनाउँदै ती प्रस्तुतिमा सहभागी भए ।

रोयल जियोग्राफिकल सोसाइटीको ग्यालरीमा सजाइएको र जनजातिहरूको संकृति संस्कारबारे राखिएका त्रुटिपूर्ण जानकारीहरूलाई सच्याउन समेत आफूहरू सहभागी भएको चुम्लुङ केन्द्रीय सदस्य टङ्क येङ्देनले जनाए ।

सो अवसरमा बेलायत भ्रमणमा आएकी काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पनि सिलाम साक्मा दिएरले सम्मान गरिएको थियोे । सङ्ग्रहालयको ग्यालरीमा सिरिजङ्गा लिपिसँगै अंग्रेजीमा अनुवाद गरिएको सामग्री समेत हस्तान्तरण गरिएको थियोे ।