April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बेलायतको नयाँ प्रधानमन्त्रीमा स्ट्यामर

875

लण्डन । संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा लेबर पार्टीका नेता सर कियर स्ट्यामर नियुक्त भएका छन्। बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेको हो ।

यससँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो ।

लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठुलो सफलता हो ।

Advertisement

प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्ट्यामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताएका छन्।

त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए ।