February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

लन्डनमा घरेलु हिंसा पीडित सहयोगार्थ च्यारिटी डिनर आयोजना गरिदै

1.3K

लन्डन । लन्डनमा घरेलु हिंसा पीडित सहयोगार्थ च्यारिटी डिनर हुने भएको छ । घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार साउथ ह्यारोस्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका डिनरको आयोजना हुनेछ । च्यारिटी डिनरबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने जनाइएको छ ।

डिनरमा चर्चित शेफ तथा गुडवील एम्ब्यासडर बिनोद बरालले परम्परागत नेवारी तथा नेपाली पाक कलामा आधारित विशेष भोजन तयार गर्ने छन्।

Advertisement

गोर्खा भेट्रान्स तथा उनीहरुका परिवारलाई विभिन्न सेवा प्रदान गर्दै आएको द गोर्खा सेन्टरले हालै उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको सहयोगका लागि पनि कार्यक्रम आयोजना गरेको थियो।