काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गरिरहेका शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान विहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।
पछिल्ला समय उनको शरीरमा अक्सिजन कमी भएकाले सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।