April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

युवा संघको महाकाली-मेची जागरण अभियानः बिर्तामोडमा खुल्ला सभाको तयारी

२०७९ भाद्र २२

2K

बिर्तामोड । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियान अन्तरगत भदौं २३ गते झापाको बिर्तामोडमा खुल्ला सभा हुने भएको छ ।

त्यसका लागि जिल्ला कमिटी झापाले वृहत सहभागिता गराउन पहल गर्न बैठकले निर्णय गरेको जनाइएको छ । सो कार्यक्रममा पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला कमिटी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले बताए ।

महाकालीबाट आउने युवा संघको टोलीलाई झापाको बिर्तामोडमा वृहत सहभागितामा स्वागत गर्ने र सम्मानित नेताले सम्बोधन गरेपछि मेची नदीमा पुगेर अभियान समापन गर्ने कार्यक्रम रहेको युवा संघका नेता तथा झापा पार्टीका उपाध्यक्ष प्रत्युस रानाले बताए । दिउँसो १२ वजे बिर्तामोडस्थित हनुमान सेन्ट्रल अगाडि खुल्ला सभाको आयोजना गरिएकोले सो सभामा उपस्थित हुन सबैमा आग्रह गरेका छन् ।

Advertisement