काठमाडौं । राजसस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले आगामी भदौ १५ गते वृहत धर्ना कार्यक्रम गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार स्व.महेन्द्र शाहको शालिक अगाडी बिशाल धर्ना कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजसस्था पुनःस्थापनाको लागि आगामी भदौ १५ गते बृहत धर्ना कार्यक्रम गर्ने बताएका हुन् । उनले भने,‘पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार स्व.महेन्द्र शाहको शालिक अगाडी बिशाल धर्ना कार्यक्रमको आयोजना गरेका छौं ।’
जनताहरु पहिला जस्तो गणतन्त्रमा अहिले खुशी नभएको उनले दाबी गरे । उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । देशभरको कुल जनसंख्या मध्ये राजसंस्थामा आस्था राख्नेहरु ३० लाख भएको उल्लेख गर्दै उनले न्युटल जनताले राजसंस्था वा दलको कसैको पक्ष नलिएको बताए । न्युटल जनताको मोह राजसंस्थामा भएपनि मुख नखोलको उनको भनाई थियो । राष्ट्र र मातृभूमिको लागि राजा ज्ञानेन्द्र शाहलाई गद्दीमा चढाउन बृहत धर्ना कार्यक्रमको आयोजना गर्न लागेको भन्दै उनले सम्पुर्ण उपत्यकावासीलाई सहभागी हुन आग्रह गरे ।
ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्न कन्जुस्याई गर्न नहुने र सबै नागरिक देशको झण्डा बोकेर सडकमा आउनुपर्नेमा उनले जोड दिए । उनले राष्ट्रका लागि राजसंस्था आवश्यक भएको दाबी गरे । राजसंस्था पुनःस्थापनको लागि अब जनता सडकमा आउनै पर्ने उनको भनाई थियो । खड्काले बिशाल धर्ना कार्यक्रम गरेर दलाल र भ्रष्टचारीहरुबाट देशलाई मुक्त बनाउनुपर्नेमा जोड दिए । उनले अहिले राजनीतिक दलहरुले जनतालाई विभिन्न माध्यमबाट शोषण गर्दै आइरहेको समेत टिप्पणी गरे ।
शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले अब नेपाली जनता आफै आफ्नो स्थानबाट जाग्ने अवस्था आएको बताए । उनले भने,‘अब जनता एकत्रित भएर ती देशद्रोहीहरुलाई नेपालबाट चारपाटा मुडेर निकाल्नुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पुर्ण जनताले हाम्रो पार्टीलाई सहयोग गर्नुपर्छ ।’
विश्व इतिहासमा नेपालीहरु विर गोर्खाली भनेर चिनिएपनि पछिल्लो समयमा विर पन देखाउन नसकेको उनको टिप्पणी थियो । उनले धर्ना कार्यक्रममा सम्पुर्ण स्वभामानी व्यक्तिहरु उपस्थित भएर गणतन्त्रवादीहरुलाई दबाब दिन आग्रह गर्दै चाँडो भन्दा चाँडो राजालाई श्रीपेच लगाएर नाराहिटिमा ल्याउन पर्नेमा जोड दिए ।