April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मुलुकभरको न्यूनतम तापक्रम घट्दै, हुम्लाको तापक्रम माइनसमा झर्‍यो

२०७७ कार्तिक २४

2.8K

काठमाडौँ- मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ । यो जाडो सुरू भएयताको कै कम तापक्रम भएको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

Advertisement

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् ।

मुलुकका पहाडी भू-भागमा दिउँसो आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने  सफा रहने महाशाखाले जनाएको छ।

मंगलबार भने कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।