April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पार्टी विवादले निराश मन्त्री : बाहिर बोल्न र हिँड्न मन नलाग्ने भइसक्यो

२०७७ कार्तिक २१

2.7K

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चुलिँदै गएपछि नेता-कार्यकर्तामा निराशा बढेको छ। त्यसले सामान्य कार्यकर्तादेखि मन्त्री समेतलाई छोएको देखिन्छ।

पार्टीभित्रको विवाद अहिलेसम्मकै उच्चतम भएको एक मन्त्रीको भनाइ छ। यसअघिका विवाद समाधान हुने गरेको भए पनि अहिलेको विवादले निकास पाउन कठिन रहेको उनको बुझाइ छ।

बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हेर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसँग दूरी थप बढ्ने उनको आँकलन छ।

Advertisement

बालुवाटारको कार्यशैलीबाट ‘आजित’ प्रचण्ड–नेपाल नेपाल समूहले काउन्टरमा गतिविधि गर्न थालेपछि प्रधानमन्त्री ओली थप आक्रोशित बनेका छन्। उनले आफू पक्षीय नेताहरूसँगको भेटमा मात्रै होइन, प्रचण्डसँगको भेटमै पनि त्यसखालको अभिव्यक्ति दिइरहेका छन्।

स्थायी कमिटी बैठकको निर्णय मुताविक सरकारका निर्णय नभएको प्रचण्ड-नेपाल पक्षको बुझाइ छ। तीन राजदूतको नियुक्ति, मन्त्रिमण्डलमा हेरफेर, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग प्रधानमन्त्रीको भेटघाट, राजीनामा नदिने प्रधानमन्त्रीको अभिव्यक्ति हुँदै बिहीबार प्रदेश १ का आफ्ना गुटका नेतासँगको भर्चुअल बैठकले विवाद थप चुलिएको स्पष्ट पार्छ।

यसरी एउटा विवाद साम्य नहुँदै थप विवाद निम्तिएपछि पार्टीमा संकट गहिरिँदै गएको ती मन्त्रीले बुझाइ छ। निराश हुँदै उनी भन्छन्- ‘बाहिर बोल्न नहुने, हिँड्न मन नलाग्ने भइसक्यो।’

ओलीको कार्यशैली सच्याउन माग गर्दै आएको उनी इतर समूहले बिहीबार कानुनविद्सँग छलफल गरेको थियो। त्यस छलफललाई बालुवाटारले आफ्नो बहिर्गमनका लागि चालिएको कदमका रुपमा बुझेको छ। सोही अनुरुप बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली प्रस्तुत भएका थिए।

‘कोटेश्वरमा कानुन व्यवसायीसँग प्रचण्ड र नेपालको परामर्श आफूलाई हटाउन लागेको कदमका रुपमा प्रधानमन्त्रीले बुझेको देखियो’, ती मन्त्रीले भने, ‘अर्को पक्षले चाल्ने कदमको प्रतिवाद गर्ने उहाँको बोली थियो।’

पार्टीभित्र विगतमा पनि विवाद थियो। त्यतिबेला  समाधान खोज्न मन्त्रिमण्डलका सदस्यसमेत सक्रिय थिए। यसपटक प्रधानमन्त्री ओलीको दूत बनेर अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका छन्। तर, मन्त्रिमण्डलका सदस्यको सामूहिक प्रयास यसपटक देखिएको छैन। विवाद समाधानका लागि विगतमाझैं मन्त्रीहरु सक्रिय नभएको बारे ती मन्त्री भन्छन्, ‘यसपटक मन्त्रीहरुले विवाद समाधानका लागि चासै दिएका छैनन्।’

आन्तरिक किचलोले पार्टी साथै देशमा संकट आउने उनको बताए। पार्टीलाई संकटमा पार्ने गरी विवाद निकालिएको उनको भनाइ छ। ‘विवाद निकाल्नुपर्ने विषय केही छैन। समाधान निकाल्न उनीहरुको पछाडि लागेर को हिँड्छ?’nepallive