एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज शीर्ष स्थानको एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । एट्लेटिकोले घरेलु मैदानमा सेल्टाको सामना गर्नेछ । एट्लेटिको र सेल्टाबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा एट्लेटिको सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । सेल्टालाई हराएर एट्लेटिको उपाधि होड थप बलियो बनाउन चाहन्छ । एट्लेटिको १९ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
शीर्ष स्थानमा एट्लेटिकोको ७ अंकको अग्रता रहेको छ । घरेलु मैदानमा सेल्टालाई हराएमा एट्लेटिकोले १० अंकको अग्रता बनाउने छ । दोस्रो स्थानको बार्सिलोनाको ४३ अंक रहेको छ । सेल्टा पनि एट्लेटिकोलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । सेल्टा २५ अंक जोडेर लिगको ११ औं स्थानमा रहेको छ ।