November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आइपिएल अक्सनमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित ८ खेलाडी

3K

काठमाडौं: आगामी फेब्रुअरी १८ (फागुन ६) मा चेन्नइमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट सन्दीप लामिछानेसहित ८ खेलाडीको नाम सिफारिस भएको छ । क्रिकेट एशोसिएन क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा छन् ।

क्यान नहुँदा एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक पहिलो पटक संघमार्फत् नाम दर्ता गराएका हुन् । शनिबारसम्म दर्ताको अन्तिम म्याद रहेकोमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका हुन् ।

आइपिएलका लागि नेपालबाट ८ खेलाडीसहित जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन् ।  जसमा ८१४ जना भारतीय खेलाडी छन् भने २८३ जना विदेशी खेलाडी छन् । एसोसिएट २७ मध्ये नेपालबाट मात्रै ८ खेलाडी परेका हुन् । आइपिएल अक्सनमा ६१ खेलाडी बिक्नेछन् । एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ । जसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइँदैन । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी छन् ।

Advertisement

यसअघि आइपिएलमा सहभागी टिमले खेलाडी रिटेन र ट्रेड गरेका थिए । अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ । जसमा किंग्स-११ पञ्जावमा ९ खेलाडीको कोटा बाँकी छ। ९ मध्ये ५ जना विदेशी खेलाडी राख्न पाइनेछ ।

अघिल्लो साता आइपिएलमा सहभागी टिमले खेलाडी रिटेन र ट्रेड गरेका थिए। अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ। 

जसमा किंग्स ११ पञ्जावमा ९ खेलाडीको कोटा बाँकी छ। ९ मध्ये ५ जना विदेशी खेलाडी राख्न पाइनेछ।