काठमाडौं- विवादमा आइरहने नायिका सुस्मा कार्की यो पटक भने आफैँ प्रहरीमा पुगेकी छन्। उनले दरबारमार्गमा रहेको लन्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलका अनुसार नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र उत्सव रसाइलीको नाममा नायिका कार्कीले उजुरी हालेकी हुन्।
यी दुईले आफूमाथि कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएको पौडेलको भनाइ छ।