November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘रामायण’मा एकसाथ देखिँदै ऋतिक र दीपिका

3.1K

काठमाडौं – निर्देशक नितेश तिवारीले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘रामायण’मा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण एकसाथ देखिने भएका छन् ।

थ्रिडीमा निर्माण गर्न लागिएको चलचित्रको बजेट तीन सय करोड छुटाइएको छ । रामायणका ‘फ्रन्ट–रनर’ दीपिका र ऋतिकका साथै चलचित्रका ‘ए लिस्टर’हरू ‘फाइनलाइज’ भइसकेका छन् ।

एकल निर्माणमा बनाउन लागेको उक्त चलचित्रको लगानीकर्ता मधु मन्तेनको रहेको छ । ड्रिम प्रोजेक्टको उपनाम दिएकी निर्माता मधुले चर्चित महाकाव्य ,रामायणू लाई चलचित्रमा उतार्न लागेको भारतीय सञ्चारले उल्लेख गरेको छ । चलचित्र छायाङ्कनका लागि तयार भइसकेको छ । नितेशले यसअघि पनि चलचित्र ‘दंगल’ निर्देशन गरेका छन् ।

Advertisement