April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

आर्सनल एस्टन भिल्लासँग स्तब्ध

२०७७ कार्तिक २४

3.5K

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ। आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३–० गोलअन्तरले पराजित भएको हो।

आफ्नै मैदानमा आर्सनलले एस्टन भिल्लासँग लज्जास्पद हार खायो। आर्सनल हार्नुको मुख्य कारण नै बुकायो साकाको आत्मघाती गोल रह्यो। त्यस्तै, एस्टनका ओले वाटकिन्सले दुई गोल गरे। खेलको २५ औं मिनेटमा साकाले आत्मघाती गोल गरेपछि एस्टनले १–० गोलको अग्रता बनायो। साकाकै आत्माघाती गोलले एस्टनले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो।

खेलको ७२ औं मिनेटमा वाटकिन्सले गोल गर्दै एस्टनलाई २–० गोलको अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै उनले अर्को गोल थप्दै एस्टनलाई ३–० गोलको जित दिलाए। त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा टोटेनहमले वेष्ट ब्रुमलाई १–० गोलअन्तरले पराजित गरेको छ। टोटेनहमको जितमा ह्यारी केनले खेलको ८८ औं मिनेटमा गोल गरे।

Advertisement

जितसत टोटेनहम आठ खेलबाट १७ अंक बनाएर लिगको दोस्रो स्थानमा छ। पराजित वेष्ट ब्रुमको आठ खेलबाट मात्र तीन अंक छ। त्यस्तै, आर्सनलविरुद्ध सनसनीपूर्ण जित निकालेको एस्टनको सात खेलबाट १५ अंक छ। एस्टन लिगको छैटौं स्थामा हुँदा आठ खेलबाट १२ अंक रहेको पराजित आर्सनल भने ११ औं स्थानमा छ।