November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रिमियर लिगमा लिभरपुलले टोटेनहमलाई हरायो

2.9K

इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले टोटेनहमलाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

पहिलो हाफको इन्जुरी टाइममा फिर्मिनोले गरेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा लिभरपुलका लगि अलेक्जेन्डर अर्नोल्डले टिमको अग्रता दोब्बर पारे । ४९ मिनेटमा इमिल होब्जजर्गले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउन कोसिस गरे।

तर खेलको ६५ मिनेटमा मानेले लिभरपुलका लागि तेस्रो गोल गर्दै टिमलाई जिततर्फ अघि बढाए । जितसँगै लिभरपुल प्रिमियर लिगको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। लिभरपुलको २० खेलबाट ३७ अंक छ।

Advertisement

शीर्ष स्थानको म्यानचेस्टर सिटीको १९ खेलबाट ४१ अंक छ। म्यानचेस्टर युनाइटेड २० खेलबाट ४० अंक जोडेर दोस्रो र लेस्टर सिटी ३९ अंक जोडेर तेस्रो स्थानमा छन्।