November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बिन्दवासिनी म्युजिककी अध्यक्ष रेग्मी धरौटीमा रिहा

3.1K

काठमाडौँ – बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी रिहा भएकी छन् ।

प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी रेग्मीलाई आइतबार जिल्ला अदालत काठमाण्डुले २ लाख ७७ हजार धरौटीमा रिहा गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुले गत पुस २७ गते पक्राउ गरेको थियो ।

गायक प्रमोद खरेललगायत केही कलाकारहरुले परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा जिल्ला अदालत काठमाण्डुबाट अनुमति लिएर परिसरले रेग्मीलाई पक्राउ गरेको थियो ।

Advertisement