काठमाडौं- सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन पुलिसले सामान्य लक्ष्य पाएको हो। टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन बनाउन सक्यो।
एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाउँदा भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवाष खकुरेल र कमलसिंह ऐरीले समान १९–१९ रन बनाए।