November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

तन्नामा पोको पारिएको अवस्थामा फेला परेकी युवतीको हत्या आरोपमा होटलका कुक पक्राउ

230

ललितपुर । काठमाडौंको बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीकाअनुसार रुकुम घर भएकी अन्दाजी २० वर्षीया ‘माया’ भनिने आयुषा मगर शनिबार बिहान सडिसकेको अवस्थामा फेला परेकी थिइन् । बेवारिसे अवस्थामा फेला परेको उनको पहिचान गर्न प्रहरीलाई निकै सकस परेको थियो ।

उनको हत्या अभियोगमा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सूर्य बसपार्क क्षेत्रकै एक होटलमा ‘कुक’ को रूपमा कार्यरत रहेको खुलेको छ ।

Advertisement

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपीबीच पूर्व चिनजान रहेको पाइएको र यो हत्याका पछाडि लागुऔषधको विषय जोडिएको प्रहरीले जनाएको छ । लागुऔषध लेनदेन वा सेवनको विषयमा विवाद हुँदा यो जघन्य अपराध भएको हुनसक्ने प्रहरीको निष्कर्ष छ ।