November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जेन–जी प्रदर्शनमा प्रहरीको पेस्तोल लुट्ने १६ वर्षे बालक पक्राउ

२०८२ कार्तिक २४

515

काठमाडौं । जेन–जी समूहको आन्दोलनको क्रममा प्रहरीको पेस्तोल लुट्ने एक बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ बर्षीय बालक रहेका छन् ।

प्रहरीकाअनुसार उनले भदौ २४ गतेको आन्दोलनको क्रममा वडा कार्यालय बगरको चाइनिज पेस्तोल (टाइप ५४) म्याग्जिन नभएको अवस्थामा चोरेका थिए ।

पेस्तोलसहित पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थपेर आपराधिक उपद्र गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement