काठमाडौं । हेम–सरिता पाठक फाउन्डेसनले ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । सोमबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो ।
फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकको रचना रहेको सो गीतको संगीत एवं गायन बीबी अनुरागी र शिशिर योगीले गरेका हुन् ।
कार्यक्रममा फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले आफ्नो मन्तव्य राख्दै फाउन्डेसनको अभियानबारे स्पस्ट गर्दै गीतको उदेश्यबारे बोेलेका थिए ।


कार्यक्रमको सहजीकरण फाउन्डेसनका अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले र पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाली चलचित्रका नायक संजय खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले जेन–जी आन्दोलनमा सहादत प्राप्तहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध सबै चनाखो हुनुपर्ने बताइन् ।
कार्यक्रममा फाउन्डेसनका दुत वरिष्ठ कलाकार किरण के.सी., लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, गीतकार एवं समाजसेवी शोभित उप्रेती, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा डा. गोविन्दमान सिंह कार्की, लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, साहित्यकार र अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।




