November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बंगलदेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

400

काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ ।

बंगलादेशमा विद्यार्थीहरूको यो प्रदर्शन निकै हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा पनि धेरै मानिसको मृत्यु भएको थियो। यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो।

हसिना हाल भारतमा शरण लिएर बसेकी छिन् । गत वर्ष भएको यस हिंसामा करिब १,४०० मानिसको मृत्यु भएको थियो। यसलाई सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिन्छ।

Advertisement