काठमाडौं । आन्दोलनको क्रममा बुद्ध मूर्तिसहित आइफोन चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन निवासी २९ वर्षीय विजय लामा रहेका छन् ।
लामालाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लामामाथि आन्दोलनका क्रममा बुद्ध मूर्ति एक थान, गणेशको मूर्ति अंकित शंखजस्तो एक थान, गणेश मूर्ति एक थान, सिङगिङ्ग बल एक थान र आइफोन फोर्टिन प्रो–म्याक्स एक थान चोरी गरेको आरोप छ ।
उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




