November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा

2.7K

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए । जितसंगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १९ खेलमा ३७ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रहेको छ । एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

Advertisement

अर्को खेलमा ओसासुनाले ग्रानडालाई ३-१ ले हराएको छ ।