काठमाडौं । आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा प्रहरी कार्यालय पुगेका छन् ।
टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका हुन् ।
त्यसपछि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको उनले पेस्तोल बोकेको उक्त भिडिओ जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको प्रहरीलाई बताएका छन् ।
उनले सुटिङको क्रममा खिचिएको उक्त भिडिओमा देखिएको पेस्तोल नक्कली रहेको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ।




