November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्‍याइयो

575

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा आकस्मिक समस्या आएपछि अस्पताल लगिएको छ ।

शनिबार जेन-जी युवाहरुसँग छलफल गरिरहेको बेलामा राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल लगिएको हो ।

वार्तामा बसेको बेलामा चक्कर लाग्ने र बान्ता आएपछि अस्पताल पुर्‍याइएका उनको वास्थ्य जाँच (टेस्ट) गरिएको छ ।

Advertisement

अस्पतालमा नै भर्ना गरेर उनको उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।