November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अब एटिएम कार्डबाट दैनिक ५० हजार मात्र झिक्न पाइने

670

काठमाडौं । अब एटिएम कार्डबाट दैनिक ५० हजार मात्र झिक्न पाइने भएको छ ।

यसअघि दैनिक १ लाख झिक्न पाइने व्यवस्था रहेकोमा राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

अब कार्डबाट एकपटकमा २० हजार मात्र झिक्न पाइने भएको छ। यसअघि २५ हजार मात्र झिक्न पाइने व्यवस्था थियो ।

Advertisement

त्यस्तै अब एक महिनामा तीन लाख मात्र झिक्न पाइने छ । यसअघि महिनामा ४ लाखसम्म झिक्न पाइने व्यवस्था थियो ।