काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् । आफ्नो र श्रीमतीको स्वास्थ्यमा समस्या आएकाले लामो समय बिदा बस्नु पर्ने भन्दै उनले बुधबार राजीनामा दिएका हुन् ।
‘मेरो र श्रीमतीको स्वास्थ्यको कारणले लामो समय बिदा बस्नु पर्ने अवस्था आयो । अहिलेको अवस्थामा बैंकको सीईओ लामो समयसम्म बिदा बस्दा काम प्रभावित हुने देखिएपछि राजीनामा दिएको हुँ,’ उनले भने ।
न्यौपाने एनआईसी बैंकमा दोस्रो कार्यकाल सीईओ भएका थिए । अब उनको चार वर्षे कार्यकाल सकिन करिब एक वर्ष बाँकी थियो ।
बिहीबारदेखि लागू हुनेगरी दिएको उनको राजीनामा आज बस्ने बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने बताइएको छ ।