काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेन–जीको एक समूहले दबाब दिएको छ ।
जेनजी मुभमेन्ट एलायन्सले मंगलबार प्रमुख आयुक्त राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिदै अख्तियारको कार्यालय अगाडी पुगेर दबाब दिएको हो ।
एलायन्समा आबद्ध युवारूले काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय पुगेर राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।




